भाव
यो कालो घनघोर रात तिम्रो; याद आउछ; अनि मग्न हुन्छु आफै अनि झसङ्ग हुन्छु तिम्रो अस्तित्व मेरो सामु अब छैन फेरी सम्झन्छु तिमी मेरो हृदय भरी भरिएकी छ्यौ मलाई अनन्त प्रेम गरेकी छ्यौ;एउटा बाच्ने आधार दिएकी छ्यौ।। मस्त हुन्छु तिम्रो सम्झनामै मलाई आफ्नै होस् छैन तिमी यहाँ भित्र छ्यौ के त्यहि पर्याप्त छैन? मलाई तिमीले दिएका प्रत्येक पल याद छन् म भुल्न सक्दिन यी नभए के गर्छु म; मलाई आफ्नै बिश्वास छैन।। २०७३ चैत्र २८ राती