एक मानव
अनन्त आकाशको परिवेश स्वछन्दता यसको भेस म जान्न खोज्छु यसको वातावरण अनि येसैको देश रम्न चहान्छु;बाच्न चाहन्छु यसका हरेक परिच्छेद के तिमी जान्दछौ यसको असिमितता? के तिमी भन्न सक्छौ यसको यस भित्रका कविता? यो बिशाल छ,मनोरम छ;यसको आफ्नै भेस यसमै रमाउछन् अनेकौ प्रकृति,यो आफैमा एक देश।। तिमी तोड्न चाहौला यो सँगको मित्रता तिमी मोड्न खोजौला, तिमी भाच्न खोजौला यसको आत्मीयता तर, तिमी सक्दैनौ यसको विशालतासँग भाग्न तिमी सक्दैनौ यसको प्रेमबाट हृदय मोड्न तिमी सक्दैनौ यसको प्रसंशाबाट लुक्न किनकी...... किनकी...... तिमी एक मानव हौ, कवेल एक मानव।।