मेरो दुनिया
हेर, त्यो क्षितिज; त्यो अस्ताउदो सुर्य अनि बादलको संसर्ग त्यो कञ्चन बहने हावाको स्पर्श म बसिरहेछु बहिरहेछु यिनीहरुकै सँग।। ति अध्भुत छन् ; ति निर्मल छन् पन्छीका बोली, ति सभ्य; शान्त छन् बौद्धिकका बोली ति डाँडा; ति पहरा; ति जंगलका बोली शितल; सहज छन् तिनका प्रकृति।। म चलिरहेछु तिनिहरुमै रम्दै; जीवनका अमुल्य क्षण बटुल्दै ति छन् अलौकिक; ति छन् सुन्दर तिनै छन् हृदयका अविरल बवण्डर।। म खोज्छु तिनीहरुलाई हर एक पल अनि पाउछु तिनीहरुकै सानिध्यबाट बल समयमा छौ हामी घुमिरहेका; लुप्त हुनु छ यसैमा कुनै एक पल ...पल।।