भावना-१
म शान्त छु,परिवर्तित छु
म केहि भिन्न छु भन्छन् सबै
थहा छैन ; सायद मलाई यसरी नै बस्ने इच्छा हो ?
वा कसैसँगको कल्पना हो ।।
तिमी सोधिरहेकी छ्यौ के भयो?
थहा छ? मलाई सर्वस्व गुमेको भान भो
यी नाना थरिका मान्छे अनि तिनका आदर्शका कुरा
सबै पाखण्ड हो ; केवल नाटक
जिवन जगत सबैबाट मोह छुट्यो
आश छैन कसैबाट प्रिय जे थियो त्यही छुट्यो
सबै मर्यो मात्र बेदना बाच्यो
तिमीले तोडेको हृदय रह्यो ; त्यही परम मित्र बन्यो ।।

Comments
Post a Comment