मेरो दुनिया

हेर, त्यो क्षितिज;
त्यो अस्ताउदो सुर्य अनि बादलको संसर्ग
त्यो कञ्चन  बहने हावाको स्पर्श
म बसिरहेछु बहिरहेछु यिनीहरुकै सँग।।

ति अध्भुत छन् ; ति निर्मल छन् पन्छीका बोली,
ति सभ्य; शान्त छन् बौद्धिकका बोली
ति डाँडा; ति पहरा; ति जंगलका बोली
शितल; सहज छन् तिनका प्रकृति।।

म चलिरहेछु तिनिहरुमै रम्दै;
जीवनका अमुल्य क्षण बटुल्दै
ति छन् अलौकिक; ति छन् सुन्दर
तिनै छन् हृदयका अविरल बवण्डर।।

म खोज्छु तिनीहरुलाई हर एक पल
अनि पाउछु तिनीहरुकै सानिध्यबाट बल
समयमा छौ हामी घुमिरहेका;
लुप्त हुनु छ यसैमा कुनै एक पल ...पल।।          

Comments

Popular posts from this blog

एहसास

परदेशी

सायरी-४(Fourth sayari)