प्रेमाराग
ति नयनले कसैको नयन नियाली रहेका थिए कसैको साथ अनि आश पर्खी रहेका थिए अनपेक्षित यो दुनियाको बवन्डरमा, कसैको प्रेमले प्रेमलाई खोजी रहेका थिए || चलायमान यो दुनियामा ऊ चलिरहेको छ ब्यक्ति बिशेष कसैलाई पर्खी रहेको छ शब्द अनि भाषा फरक होलान सबैका मनको कुरा बोल्ने मन अझै नि उस्तै छ || पल अनि पल पलमा पल बितिरहेको छ कसैको मस्तिष्क अनि मन जुधि रहेको छ सासले सास नसकिउन्जेल सासमा आश गरिरहेको छ अर्थ खोज्दा खोज्दै कोही बेअर्थ बनिरहेको छ || सुरले तालको सम्बन्ध खोजिरहेको छ तालले सुरलाई चिच्याएर बोलाइरहेको छ बेसहारा ति दुईको कहानी बनिरहेको छ यस अर्थमा यिनीहरु को जिन्दगी चलिरहेको छ ||