रस
युद्ध मैदान बिच एउटा फूल खेल्यो
लाग्यो कसैको मुस्कानले पाइला टेक्यो
भाव ले भावसँग सम्बन्ध गास्दै
सर्वोच्चको शिखर चुम्यो ||
बन्दूक र कोलाहल बिच मनले मनलाई बाध्यो
बोल्यो जय जय त्यो क्रान्तिले बोल्यो
हिंसा अब बन्द त्यो नाराले बोल्यो
हिंसा मै टेकी त्यो हिंसाले शान्तिको कुरा खोल्यो ||
यहि संसारमा म रहन्छु; त्यो शक्तिले बोल्यो
शान्तिको घटि च्यापि त्यो क्रान्तिले बोल्यो
उदाउदा सुर्यलाई शून्यतामा बिलय गराई त्यो प्रकृतिले बोल्यो
कसैको नसुनी त्यो हिंसाले हिंसा गरेरै बोल्यो ||
शब्द शब्दको अर्थ टुक्रयाएर त्यो प्राणले बोल्यो
कसैको चित्कार फुटाएर त्यसले आफ्नै कुरा खोल्यो
विरोधको नाम सुनाउनेलाई अन्धाधुन्द मार्यो
आफुलाई सशक्त गराएरै छाड्यो,स्थापित आफुलाई गराएरै बोल्यो
हिंसाले आफुलाई कायम गरेरै छाड्यो ||

Comments
Post a Comment