प्रेमाराग

ति नयनले कसैको नयन नियाली रहेका थिए 
कसैको साथ अनि आश पर्खी रहेका थिए
अनपेक्षित यो दुनियाको बवन्डरमा,
कसैको प्रेमले प्रेमलाई खोजी रहेका थिए ||

चलायमान यो दुनियामा ऊ चलिरहेको छ
ब्यक्ति बिशेष कसैलाई पर्खी रहेको छ
शब्द अनि भाषा फरक होलान सबैका 
मनको कुरा बोल्ने मन अझै नि उस्तै छ ||

पल अनि पल पलमा पल बितिरहेको छ
कसैको मस्तिष्क अनि मन जुधि रहेको छ
सासले सास नसकिउन्जेल सासमा आश गरिरहेको छ
अर्थ खोज्दा खोज्दै कोही बेअर्थ बनिरहेको छ ||

सुरले तालको सम्बन्ध खोजिरहेको छ
तालले सुरलाई चिच्याएर बोलाइरहेको छ
बेसहारा ति दुईको कहानी बनिरहेको छ
यस अर्थमा यिनीहरु को जिन्दगी चलिरहेको छ ||

Comments

  1. मनले उसको प्रेम खोजिरहेको छ
    तनले उसको स्पर्श खोजिरहेको छ
    याद छ मलाई हाम्रो बाटो छुटिसक्यो
    तर गन्तव्य एउटै होस भनि मनले मागिरहेको छ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

एहसास

परदेशी

सायरी-४(Fourth sayari)