Posts

परदेशी

कहिले त आऊ मेरो यादमा परदेशी आऊ मेरो साथमा ए परदेशी धेरै भयो नी हाम्रो दूरी बढेको निद्रा मै सहि केवल आऊ त ए परदेशी || तिमीलाई गाह्रो हुन्न कि कसो ? म त यहाँ मर्न लागे नी परदेशी सम्बन्ध बढाउने मन गर न ए परदेशी ध्यान गरे सबै पुग्छ नी परदेशी || सवाल त धेरै हुन्छन् नी, जवाफ दुवै मिलेर खोजौला; के छ विचार परदेशी ? के छ विचार ए मेरी परदेशी? आज सपनीमा आएर सुसाऊ है त परदेशी ||

प्रेमाराग

ति नयनले कसैको नयन नियाली रहेका थिए  कसैको साथ अनि आश पर्खी रहेका थिए अनपेक्षित यो दुनियाको बवन्डरमा, कसैको प्रेमले प्रेमलाई खोजी रहेका थिए || चलायमान यो दुनियामा ऊ चलिरहेको छ ब्यक्ति बिशेष कसैलाई पर्खी रहेको छ शब्द अनि भाषा फरक होलान सबैका  मनको कुरा बोल्ने मन अझै नि उस्तै छ || पल अनि पल पलमा पल बितिरहेको छ कसैको मस्तिष्क अनि मन जुधि रहेको छ सासले सास नसकिउन्जेल सासमा आश गरिरहेको छ अर्थ खोज्दा खोज्दै कोही बेअर्थ बनिरहेको छ || सुरले तालको सम्बन्ध खोजिरहेको छ तालले सुरलाई चिच्याएर बोलाइरहेको छ बेसहारा ति दुईको कहानी बनिरहेको छ यस अर्थमा यिनीहरु को जिन्दगी चलिरहेको छ ||

रस

युद्ध मैदान बिच एउटा फूल खेल्यो लाग्यो कसैको मुस्कानले पाइला टेक्यो भाव ले भावसँग सम्बन्ध गास्दै सर्वोच्चको शिखर चुम्यो || बन्दूक र कोलाहल बिच मनले मनलाई बाध्यो बोल्यो जय जय त्यो क्रान्तिले बोल्यो हिंसा अब बन्द त्यो नाराले बोल्यो हिंसा मै टेकी त्यो हिंसाले शान्तिको कुरा खोल्यो || यहि संसारमा म रहन्छु; त्यो शक्तिले बोल्यो शान्तिको घटि च्यापि त्यो क्रान्तिले बोल्यो उदाउदा  सुर्यलाई शून्यतामा बिलय गराई त्यो प्रकृतिले बोल्यो कसैको नसुनी त्यो हिंसाले हिंसा गरेरै बोल्यो || शब्द शब्दको अर्थ टुक्रयाएर त्यो प्राणले बोल्यो कसैको चित्कार फुटाएर त्यसले आफ्नै कुरा खोल्यो विरोधको नाम सुनाउनेलाई अन्धाधुन्द मार्यो आफुलाई  सशक्त गराएरै छाड्यो,स्थापित आफुलाई गराएरै बोल्यो हिंसाले आफुलाई कायम गरेरै छाड्यो ||

एहसास

शब्द त्यहाँ पोखिए जहाँ म हारे भाव त्यहाँ ठोकिए जहाँ म लडे बस दुई पलको जिन्दगी मान्ने यो दुनियामा खै कहाँ हराए थाहै नभई हराए || कोरिए त्यहाँ जहाँ मन च्यातिए बगे त्यहाँ जहाँ हृदय रोपिए प्रेमको रुप पनि कति अनौठो ? जो जसमा देखिए त्यहि नै बिलाए ||

आभास

जति जे नै गरौ हार्न सकिदैन सायद आफुले आफैसॅग ढाट्न सकिदैन खै के भै राखेको छ जिन्दगीमा खुलेर कसैसॅग केही भन्न सकिदैन || बेहाल भयो जिन्दगी यो गाउन सकिदैन मर्ने बेला सम्म आश मार्न सकिदैन भयो पुग्यो अव भनेर छाड्न सकिदैन खै के खै के भनेर सोच्न सकिदैन || सबैलाई सर्वोपरी मान्न सकिदैन किन हो किन मार्न सकिदैन बेहाल भयो गाउन सकिदैन पर्खाई मै जिन्दगी बिताउनै सकिदैन || 

सोच

उदाउदो सूर्य जसरी म उठ्ने छु विश्वास गर ! म एकदिन संसार बदल्ने छु ।। मेरो निन्दा गर्नु छ गर, मलाई कुनै मतलब छैन मलाई घृणा गर्नु छ गर, मलाई पर्वाह छैन म तिम्रो दुषित सोचको परिणाम होइन म तिमीले नचाउन सक्ने कुनै वस्तु हैन।। मैले तिमी प्रतिको कर्तब्य अव भुले ; मलाई अव स्वतन्त्र हुनु छ म उड्न चाहन्छु स्वछन्द आफ्नै भावमा म बहन चाहन्छु प्रिय मेरी स्वप्नीसँग ।। मेरा प्रत्येक सोचले अव संसार बदल्ने सामर्थ्य राख्ने छन् परिवर्तनको हुण्डरी ल्याउने छन्; युग परिवर्तनको जग राख्नेछन् मलाई अव कसैको पर्वाह छैन केवल चल्ने छु आफ्नै,                अनन्त मस्तिष्कसँग

मेरो दुनिया

हेर, त्यो क्षितिज; त्यो अस्ताउदो सुर्य अनि बादलको संसर्ग त्यो कञ्चन  बहने हावाको स्पर्श म बसिरहेछु बहिरहेछु यिनीहरुकै सँग।। ति अध्भुत छन् ; ति निर्मल छन् पन्छीका बोली, ति सभ्य; शान्त छन् बौद्धिकका बोली ति डाँडा; ति पहरा; ति जंगलका बोली शितल; सहज छन् तिनका प्रकृति।। म चलिरहेछु तिनिहरुमै रम्दै; जीवनका अमुल्य क्षण बटुल्दै ति छन् अलौकिक; ति छन् सुन्दर तिनै छन् हृदयका अविरल बवण्डर।। म खोज्छु तिनीहरुलाई हर एक पल अनि पाउछु तिनीहरुकै सानिध्यबाट बल समयमा छौ हामी घुमिरहेका; लुप्त हुनु छ यसैमा कुनै एक पल ...पल।।