सोच
उदाउदो सूर्य जसरी म उठ्ने छु विश्वास गर ! म एकदिन संसार बदल्ने छु ।। मेरो निन्दा गर्नु छ गर, मलाई कुनै मतलब छैन मलाई घृणा गर्नु छ गर, मलाई पर्वाह छैन म तिम्रो दुषित सोचको परिणाम होइन म तिमीले नचाउन सक्ने कुनै वस्तु हैन।। मैले तिमी प्रतिको कर्तब्य अव भुले ; मलाई अव स्वतन्त्र हुनु छ म उड्न चाहन्छु स्वछन्द आफ्नै भावमा म बहन चाहन्छु प्रिय मेरी स्वप्नीसँग ।। मेरा प्रत्येक सोचले अव संसार बदल्ने सामर्थ्य राख्ने छन् परिवर्तनको हुण्डरी ल्याउने छन्; युग परिवर्तनको जग राख्नेछन् मलाई अव कसैको पर्वाह छैन केवल चल्ने छु आफ्नै, अनन्त मस्तिष्कसँग